आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

इनर्जी ड्रिंक्स स्वास्थ्यका लागि घातक, नेपालमा १७ उद्योगले गर्दैछन् उत्पादन

इनर्जी ड्रिंक्स स्वास्थ्यका लागि घातक, नेपालमा १७ उद्योगले गर्दैछन् उत्पादन

images
२०८३ कार्तिक ११ गते, बुधवार
२०८३ कार्तिक ११ गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।

    images

    विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिले इनर्जी ड्रिंक्स सेवन गर्नु घातक हुने बताएको हो।

    images

    पछिल्लो समय इनर्जी ड्रिंक्सको बढ्दो प्रयोगले स्वास्थ्य जोखिम बढाइरहेको चिकित्सकहरु बताउँछन्। उर्जाका नाममा त्यस्ता पेयपदार्थको प्रयोगले गम्भीर समस्या आउनसक्ने चिकित्सकहरुको भनाइ छ।

    चिकित्सकहरुका अनुसार इनर्जी ड्रिंक्सको सेवनले मुटुको धड्कन असामान्य हुने, एन्जाइटी तथा बेचैनीको समस्या निम्तिन सक्ने, ब्लड प्रेसर असामान्य हुने, पाचन प्रणालीमा समस्या हुन सक्ने तथा रगतमा सुगरको मात्रा बढ्न सक्छ।

    विभागलेसमेत इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरिएको जनाएको छ।

    नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ।

    विभागले इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ।

    त्यस्तै,उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न आग्रह गरिएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी विषयमा जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन,२०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend