आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

नेपाल र पाकिस्तानका विपद् व्यवस्थापन प्राधिकरणका अध्यक्षबिच भेटवार्ता

नेपाल र पाकिस्तानका विपद् व्यवस्थापन प्राधिकरणका अध्यक्षबिच भेटवार्ता

images
२०८३ कार्तिक २९ गते, आइतवार
२०८३ कार्तिक २९ गते, आइतवार
  • काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अध्यक्ष लेफ्टिनेन्ट जनरल मुहम्मद हसान खट्टकबीच द्वपक्षीय भेटवार्ता भएको छ। 

    images

    दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किएको अन्ताल्यामा जारी कोप-३१ सम्मेलनका क्रममा शनिबार साइडलाइन भेटवार्ता भएको हो। 

    images

    त्यसक्रममा पूर्वानुमानमा आधारित विपद् व्यवस्थापन, अन्तरदेशीय पूर्वसूचना प्रणाली, हिमाली प्रकोप, आपत्कालीन प्रतिकार्य, साथै जोखिम-सूचित पुनर्लाभ तथा पुनर्निर्माणका क्षेत्रमा हुनेसक्ने साझेदारीहरुबारे पनि छलफल भएको थियो।

    भेटका क्रममा आवधिक रूपमा भइरहेको विपद् अभ्यास र प्राविधिक सम्पर्कलाई अझ औपचारिक र कार्यान्वयनमुखी साझेदारीतर्फ अघि बढाउने विषयमा पनि छलफल भएको थियो। 

    डा. उप्रेतीले नेपालका हालैका विपद्पछिका अनुभव तथा प्राथमिकताहरु राख्दै हिमाली तथा भोटेकोशी क्षेत्रका विपद्, हिमनदीसँग सम्बन्धित तथा शृंखलाबद्ध जोखिमहरू, जलविद्युत् आयोजना र तल्लो तटीय क्षेत्रका समुदायमा पर्ने प्रभाव तथा पूर्वाधार र पहुँचमार्गहरू अवरुद्ध हुँदा सुरक्षित स्थानमा उद्धार तथा स्थानान्तरणमा देखिएका चुनौतीबारे प्रकाश पारेका थिए।

    पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अध्यक्ष खट्टकले पाकिस्तानका संस्थागत क्षमताहरुबारे उल्लेख गर्दै प्रतिक्रियात्मक विपद् प्रतिकार्यबाट पूर्वसक्रिय तथा प्रविधिमैत्री विपद् जोखिम व्यवस्थापनतर्फ रूपान्तरण भइरहेको बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend