काठमाडौँ। देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको २०८३ कात्तिक २८ गतेको तथ्यांकअनुसार देशभरका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा मानवीय क्षति भएको हो।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ। त्यस्तै, कोशीप्रदेशमा २ जना तथा गण्डकी र बागमती प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते हुनेमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ४१ जना छन्। लुम्बिनी प्रदेशमा ३९, कोशी प्रदेशमा २३, गण्डकी प्रदेशमा १०, काठमाडौँ उपत्यकामा १०, सुदूरपश्चिम प्रदेशमा ९, कर्णाली प्रदेशमा ८ र बागमती प्रदेशमा १ जना घाइते भएका छन्।
उक्त २४ घण्टाको अवधिमा भएका सवारी दुर्घटनाबाट कुल ७ जनाको मृत्यु र १४१ जना घाइते भएको तथ्यांकले देखाएको छ।




