आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

आईजीपीबाट हटाइएका कार्की सर्वोच्च जाँदै

आईजीपीबाट हटाइएका कार्की सर्वोच्च जाँदै

images
२०८३ कार्तिक १९ गते, बिहिवार
२०८३ कार्तिक १९ गते, बिहिवार
  • काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्की पद पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्।

    images

    बुधबार बसेको मन्त्रीपरिषदको बैठकले कार्कीलाई पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। सोही निर्णयविरुद्ध कार्की कानुनी उपचार खोज्न सर्वोच्च जान लागेका हुन्।

    images

    सरकारको निर्णय गैरकानुनी भएको जिकिरसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेको बताइएको छ।

    उनले रिटमार्फत आफूलाई पुनर्बहाली गर्न माग गर्नेछन्। सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend