आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

चितवनका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

images
२०८३ कार्तिक २० गते, शुक्रवार
२०८३ कार्तिक २० गते, शुक्रवार
  • काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति चितवनले  रत्ननगर नगरपालिका वडा नं १२ का १७ भूमिहिन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

    images

    जसमध्ये १ भूमिहिन दलित, ४ भूमिहिन सुकुम्बासी र १२ अव्यवस्थित परिवार रहेका छन्।

    images

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend