आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

पटका पट्काउँदा छर्राले लागेर ८ वर्षीय बालकको मृत्यु

पटका पट्काउँदा छर्राले लागेर ८ वर्षीय बालकको मृत्यु

images
२०८३ कार्तिक २३ गते, सोमवार
२०८३ कार्तिक २३ गते, सोमवार
  • पर्सा। पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ।

    images

    मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।

    images

    आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइते भएका थिए।

    घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, चिकित्सकले बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend