आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

दैलेखमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

दैलेखमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

images
२०८३ कार्तिक २३ गते, सोमवार
२०८३ कार्तिक २३ गते, सोमवार
  • दैलेख। दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

    images

    मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्की रहेका छन्। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बिहान ८ः५६ बजे मृत्यु भएको हो।

    images

    प्रहरीका अनुसार आज बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

    दुर्घटनामा परेर जीप चालक कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन्।

    त्यस्तै, सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन्। घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ।

    दुर्घटनापछि सबै घाइतेलाई तत्काल उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend