आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

राष्ट्रपतिले बहिनीबाट लगाए शुभसाइतमा टीका

राष्ट्रपतिले बहिनीबाट लगाए शुभसाइतमा टीका

images
२०८३ कार्तिक २५ गते, बुधवार
२०८३ कार्तिक २५ गते, बुधवार
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको भाइटीका लगाएका छन्।

    images

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन्।

    images

    सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन।

    राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो।

    यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend