काठमाडौँ। मकवानपुरको भीमफेदी चिसापानीमा ईभी माइक्रो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी माइक्रो बिहीबार बिहान करिब ६ बजे भीमफेदीस्थित चिसापानीमा सडकबाट ५०० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार मृतकमध्ये तीन महिला, पाँच पुरुष र दुई बालिका छन्। यस्तै घाइते हुनेमा दुई बालक र तीन पुरुष छन्। उनीहरु कसैको पनि सनाखत भएको छैन।



