आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

तीज : आज दर खाने दिन

तीज : आज दर खाने दिन

images
२०८१ भाद्र २० गते, बिहिवार
२०८१ भाद्र २० गते, बिहिवार
  • काठमाडौं। नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आजबाट सुरु भएको छ। तीजको पहिलो दिन आज हिन्दु नारीहरु आफ्नो माइती वा नजिकका आफन्तकहाँ गएर दर खाने परम्परा छ। दर खाएपछि तीजको व्रत सुरु भएको मानिन्छ भने दरको भोलिपल्ट निराहार व्रत बस्नेसमेत गरिन्छ।

    images

    तीजको दरका रुपमा विभिन्न मिठा परिकारहरु बनाएर वा किनेर खाने गरिन्छ। पहिले पहिले दरका रुपमा दुधका परिकारहरु घरमा नै बनाइने गरिन्थ्यो भने पछिल्ला समय बजारमा उपलब्ध हुने मिठाइजन्य परिकारहरुसमेतलाई दरका रुपमा प्रयोग गरिन्छ। दरलाई आडिलो खुराकका रुपमा लिइन्छ।

    images

    दर खाएपछि हिन्दु नारीहरु व्रत आरम्भ गर्दछन् भने केही महिलाहरुले आफ्नो इच्छा अनुसार ऋषी पञ्चमी पूजासमेत गर्ने गरेका छन्।

    तीजमा माइती पक्षहरु विवाहित छोरी चेलीलाई लिनका लागि कर्म घरसम्म जाने परम्परासमेत छ। माइती आएका चेलीहरु आफ्ना सुख दुःख साटासाट गर्दै तीजका गितमा नाच्ने गर्दछन्। तीजलाई एकता र मेलमिलापको पर्वका रुपमा लिइन्छ। विशेष गरेर तीजमा विवाहित महिलाहरु आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै तथा अविवाहितहरु योग्य वरको कामना गर्दै व्रत बस्ने गर्दछन्।

    धार्मिक मान्यतानुसार सत्य युगमा भगवान महादेवको प्राप्तिको कामना गर्दै पार्वतीले भाद्र शुक्ल द्वितीयाकै दिन दर खाएर तृतीयामा व्रत तथा पूजा गरेको विश्वास गरिन्छ। पार्वतीले व्रतकै प्रभावले महादेव स्वामी पाएको जनविश्वास छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend