आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

images
२०८३ कार्तिक ११ गते, बुधवार
२०८३ कार्तिक ११ गते, बुधवार
  • काठमाडौँ। सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधनका लागि आन्दोलनरत विभिन्न पक्षसँग विगतमा गरेका सहमतिको समीक्षा गरी कार्यान्वयन हुन बाँकी विषयलाई समयमै टुङ्ग्याउने निर्णय गरेको छ।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले विगतमा भएका सहमतिको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी विषयलाई सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो।

    images

    बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलतथा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, स्वास्थ्य मन्त्रालयका सचिव, शिक्षा सचिव लगायत सहभागी थिए।

    बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समेत समीक्षा गरिएको थियो।

    वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गरी कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्ने योजना बनाएअनुसार बैठक आयोजना गरिएको जनाइएको छ।

    सरकारको यो निर्णयले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा आन्दोलनरत पक्षसँग भएका सहमति कार्यान्वयनको प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend