आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

गण्डकी प्रदेशका १४ अस्पतालमा ४६ मेडिकल अधिकृतको पदस्थापना

गण्डकी प्रदेशका १४ अस्पतालमा ४६ मेडिकल अधिकृतको पदस्थापना

images
२०८३ कार्तिक १२ गते, बिहिवार
२०८३ कार्तिक १२ गते, बिहिवार
  • पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका ४६ जना मेडिकल अधिकृतलाई प्रदेशका १४ वटा अस्पतालमा पदस्थापना गरेको छ।

    images

    स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले बुधबार नवनियुक्त मेडिकल अधिकृतहरूको स्वागत, बधाई, पदस्थापना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी योग्यता क्रमका आधारमा उनीहरूलाई मन्त्रालय मातहतका अस्पतालमा खटाएको हो।

    images

    कार्यक्रममा मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश कुमार केसी, प्रशासन महाशाखा प्रमुख प्रदीप कुमार रेग्मी, मातृशिशु मितेरी प्रादेशिक अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रेखा पौडेललगायत प्रादेशिक निकायका प्रमुख तथा प्रतिनिधिहरूले नवनियुक्त मेडिकल अधिकृतहरूलाई अभिमुखीकरण तथा सहजीकरण गरेका थिए।

    कार्यक्रममा नवनियुक्त मेडिकल अधिकृतहरूका तर्फबाट डा. नवराज भुगाई र डा. लक्ष्मी श्रेष्ठले आफ्ना अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन अधिकृत बुद्धिसागर अधिकारीले गरेका थिए।

    मन्त्रालयले नवनियुक्त मेडिकल अधिकृतहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूको नियुक्ति तथा पदस्थापनले प्रदेशको स्वास्थ्य सेवा प्रवाहमा योगदान पुग्ने अपेक्षा गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend