आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

सिन्धुलीमा १४१ जना मोतीविन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया

सिन्धुलीमा १४१ जना मोतीविन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया

images
२०८३ कार्तिक १६ गते, सोमवार
२०८३ कार्तिक १६ गते, सोमवार
  • काठमाडौँ। सिन्धुलीमा मोतीविन्दु भएका १४१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।

    images

    नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको आयोजना एवं सिङ्गापुर निवासी Nga Alik Tee & Zhang Wen Family को सहयोगमा भएको दुई दिने शिविरमा १४१ जनाको मोतीविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो।

    images

    दुई दिने शिविरको पहिलो दिन शनिबार ८९ जना र दोस्रो दिन आइतबार ५२ जना गरी १४१ जना आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको नेपाल रेडक्रस सिन्धुली जिल्ला शाखाले जनाएको छ।

    शिविरमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तिनपाटन गाउँपालिका सिन्धुलीका स्थानीय बिरामीहरू उपस्थित थिए।

    यसैगरी, शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.अनु मानन्धर, डा.अमृत आचार्य, डा. रेजिना श्रेष्ठ सहित प्राविधिक टिमले सेवा प्रदान गरेका थिए।

    शिविरमा शल्यक्रिया गरिएका सम्पूर्ण बिरामीहरूका लागि सत्य साई संगठन सिन्धुलीका अध्यक्ष उर्मिला कर्मचार्य सहितको टिमले दूध र बिस्कुट तथा बेलुकाको खाना वितरण गरी सहयोग पुर्याएको थियो। 
    शिविरका लागि नेपाल रेडक्रस सोसाइटी महेन्द्रझ्याडी, कल्पवृक्ष, कपिलाकोट, महादेवस्थान, भीमस्थान, लामपान्टार, भीमान, रानीबास १३ र १४ उपशाखाहरूबाट एकदिने मोतिबिन्दु छनौट शिविर आयोजना गरी बिरामी छनौट गरिएको थियो।

    शिविरमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वयंसेवकीय भूमिका निर्वाह गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend