आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

डा. केसीलाई काठमाडौँ ल्याइयो, टिचिङ अस्पतालमा उपचार सुरु

डा. केसीलाई काठमाडौँ ल्याइयो, टिचिङ अस्पतालमा उपचार सुरु

images
२०८३ कार्तिक १६ गते, सोमवार
२०८३ कार्तिक १६ गते, सोमवार
  • काठमाडौँ। इलाम पुगेर २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।

    images

    उनलाई इलाम जिल्ला अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फ काठमाडौँ ल्याएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार सुरु गरिएको हो।

    images

    डा. केसीको शरीरमा सुगरको मात्रा कम हुँदैगएपछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ। स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई आइतबार रातिदेखि अक्सिजन दिइएको थियो।

    आइतबार नै इलाम जिल्ला अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप सुविधा सम्पन्न अस्पतालमा सार्न सल्लाह दिएका थिए।

    इलामको नारायण मन्दिरमा २५औँ सत्याग्रहमा बसेका डा. केसीको सत्याग्रहको तेस्रो दिनमै स्वास्थ्य बिग्रिएपछि गत शनिबार साँझ इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। 

    डा. केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाउँदै विवादित निर्णयहरू खारेज गर्न माग गरेका छन्। यस्तै उनले आफुसँग विगतमा सरकारले गरेका सहमतिको पालना गर्न पनि सरकारसँग माग गरेका छन्।

    तस्वीरहरु:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend