आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

इन्डोनेसियन रेडक्रसद्वारा बाढी प्रभावितको सहयोगार्थ ५० हजार अमेरिकी डलर सहयोग

इन्डोनेसियन रेडक्रसद्वारा बाढी प्रभावितको सहयोगार्थ ५० हजार अमेरिकी डलर सहयोग

images
२०८३ कार्तिक १८ गते, बुधवार
२०८३ कार्तिक १८ गते, बुधवार
  • काठमाडौँ। इन्डोनेसियन रेडक्रस सोसाइटी (Palng Merah Indonesia) ले नेपालका बाढी प्रभावित समुदायको राहत तथा पुनर्लाभ कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीलाई ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ।

    images

    नेपाल रेडक्रस सोसाइटी र इन्डोनेसियन रेडक्रस सोसाइटीबिच आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

    images

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले इन्डोनेसियन रेडक्रसको सहयोगप्रति आभार व्यक्त गर्दै बाढी प्रभावित परिवारहरू अझै पनि आफ्नो जीवन पुनःस्थापित गर्ने र पुनर्निर्माण गर्ने क्रममा रहेकाले प्राप्त सहयोग महत्त्वपूर्ण हुने बताए।

    उनले नेपाल रेडक्रस र इन्डोनेसियन रेडक्रसबिच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध र सहकार्य रहँदै आएको उल्लेख गर्दै दुवै संस्थाबिच कर्मचारी तथा स्वयंसेवकको अनुभव आदानप्रदान, तालिम र सिकाइका अवसरले आपसी सहकार्यलाई थप सुदृढ बनाएको बताए।

    साथै, नेपालमा विभिन्न विपद् प्रतिकार्यका क्रममा इन्डोनेसियन रेडक्रसका आपत्कालीन जनशक्तिबाट प्राप्त सहयोगको पनि उनले प्रशंसा समेत गरे।

    कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका इन्डोनेसियन रेडक्रस सोसाइटीका महासचिव अब्दुर रहमान मुहम्मद फचिरले नेपालका बाढी प्रभावित समुदायलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै दुई देशका राष्ट्रिय रेडक्रस सोसाइटी बिचको मैत्रीपूर्ण सम्बन्ध र मानवीय सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    त्यस्तै, नेपालका लागि इन्डोनेसियाका मानार्थ उपवाणिज्यदूत उपेन्द्र शर्मा घिमिरेले विपद्का समयमा मानवीय सहयोग र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको महत्त्व उल्लेख गर्दै बाढी प्रभावित समुदायको पुनर्लाभका लागि इन्डोनेसियन रेडक्रसले गरेको सहयोग सराहनीय रहेको बताए।

    कार्यक्रममा इन्डोनेसियन रेडक्रसका प्रतिनिधिहरू तथा अन्य पदाधिकारीहरू र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा कर्मचारीहरू भर्चुअल माध्यमबाट सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend