आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

जुम्लामा इएनटी शिविर, एक हजार ३७ जनाले लिए सेवा

जुम्लामा इएनटी शिविर, एक हजार ३७ जनाले लिए सेवा

images
२०८३ कार्तिक २० गते, शुक्रवार
२०८३ कार्तिक २० गते, शुक्रवार
  • जुम्ला। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित स्वास्थ्य शिविरबाट एक हजार ३७ जनाले सेवा लिएका छन्।

    images

    प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा सञ्चालित नाक कान तथा घाँटी (इएनटी) स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएको प्रतिष्ठानका निर्देशक विनम्र विष्टले जानकारी दिए। उनका अनुसार शिविरमा जाँच गराएकामध्ये ४३ जना बिरामीको शल्यक्रिया गरिएको छ।

    images

    प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकलाई घरमै विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको  बताए।

    गत कात्तिक १२ गतेदखि सञ्चालन भएको सो स्वास्थ्य शिविर बिहीबार अर्थात कात्तिक १९ गते सम्पन्न भएको हो।

    प्रतिष्ठानका निर्देशक विष्टले प्रतिष्ठानले आगामी दिनमा शल्यचिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएकोसमेत जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend