आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

सिन्धुली, सिरहा र महोत्तरीका नागरिकलाई केएमसी र नोबेल अस्पतालमा उपचारमा छुट

सिन्धुली, सिरहा र महोत्तरीका नागरिकलाई केएमसी र नोबेल अस्पतालमा उपचारमा छुट

images
२०८३ कार्तिक २१ गते, शनिवार
२०८३ कार्तिक २१ गते, शनिवार
  • काठमाडौं। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सिन्धुली, सिरहा र महोत्तरीका नागरिकलाई काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल शिक्षण अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने सम्झौता भएको छ।

    images

    यसका लागि काठमाडौं मेडिकल कलेज र सम्बन्धित स्थानीय नेतृत्वबीच सम्झौता गरिएको हो। सम्झौताअनुसार सम्बन्धित समितिको सिफारिसपत्र लिएर उपचारका लागि आउने बिरामीले केएमसी दुवाकोटमा ५० प्रतिशत, केएमसी सिनामंगलमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २० प्रतिशत छुट पाउनेछन्।

    images

    त्यस्तै, अति विपन्न तथा असहाय बिरामीलाई आवश्यकताका आधारमा शतप्रतिशतसम्म छुट उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

    यस पहलको उद्देश्य जातजाति, धर्म, समुदाय, भूगोल तथा राजनीतिक आस्थाका आधारमा कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने रहेको अस्पतालका संचालक डा. सुनिल शर्माले जानकारी दिए। 

    आर्थिक अभावकै कारण परिवारका सदस्यको उपचार रोक्नुपर्ने अवस्था अन्त्य गर्न यस्तो पहल गरिएको र यसलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्ने डा. शर्माको भनाइ छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend