आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

वर्षमा एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुला

वर्षमा एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुला

images
२०८३ कार्तिक ३ गते, मंगलवार
२०८३ कार्तिक ३ गते, मंगलवार
  • काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि खुला भएको छ।

    images

    वर्षमा एकपटक महानवमीका दिनमात्र खुल्ने परम्परा रही आएको उक्त मन्दिर बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको हो।

    images

    सो सम्बन्धमा हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार सरोकारवाला निकायसँगका छलफल आयोजना गरेको थियो।

    उक्त छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।

    प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।

    नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार, तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ०७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ। तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो।

    तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीका दिन कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिएको पनि हेरचाह अड्डाले जनाएको छ।

    विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइनेछ। त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend