काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गरेका छन्।
उनले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गरेका हुन्।
उनले विधिपूर्वक गाईको पूजा गरी खानेकुरासमे खुवाएका थिए।
तिहारका अवसरमा समृद्धि तथा सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ।



