आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

पहिरोले बिपी राजमार्ग अवरुद्ध, कान्ति लोकपथमा राति सवारी आवागमन बन्द

पहिरोले बिपी राजमार्ग अवरुद्ध, कान्ति लोकपथमा राति सवारी आवागमन बन्द

images
२०८३ कार्तिक १४ गते, शनिवार
२०८३ कार्तिक १४ गते, शनिवार
  • काठमाडौँ। बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सुर्खेत र मुस्ताङका विभिन्न सडक अवरुद्ध भएका छन्।

    images

    नेपाल प्रहरीका अनुसार बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ।

    images

    यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ भने मुस्ताङस्थित जोमसोम-कोरला सडकखण्ड पहिरोका कारण अबरुद्ध छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend