आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

घोप्टेभीरको पहिरो पन्छाइयो, यातायात सुचारु

घोप्टेभीरको पहिरो पन्छाइयो, यातायात सुचारु

images
२०८३ कार्तिक २३ गते, सोमवार
२०८३ कार्तिक २३ गते, सोमवार
  • काठमाडौँ। पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा झरेको पहिरो पन्छाएपछि सडक सुचारू भएको छ।

    images

    सोमबार बिहानै ठूलो सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमै पुर्ण अबरुद्ध थियो। हाल पहिरो पन्छाइएपछि अबरुद्ध सडक दुईतर्फीनै सञ्चालन भएको सडक विभागले जनाएको छ।

    images

    विभागका प्रवक्ता शुभराज न्यौपानेले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए।

    विभागका अनुसार, उक्त सडक खण्डको चेनज ७९‍+२०० स्थित घोप्टेभीरमा खसेको पहिरो हटाउन ५ वटा मेसिन (उपकरण) हरूको सहायता लिइएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend