सोमवार, कार्तिक ३० गते २०८३    

सोमवार, कार्तिक ३० गते २०८३    

ईभी माइक्रो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुग्यो

ईभी माइक्रो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुग्यो

images
२०८३ कार्तिक २६ गते, बिहिवार
२०८३ कार्तिक २६ गते, बिहिवार
  • काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा बिहीबार बिहानै भएको ईभी माइक्रो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

    images

    बिहीबार काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाने क्रममा बिहान करिब ६ बजे मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी माइक्रो दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।

    images

    माइक्रोमा चालकसहित २० जना सवार रहेका खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको उक्त इभी सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो।

    दुर्घटनामा मृत्यु भएका १४ मध्ये ११ जनाको शव हेटौँडा अस्पतालमा लगिएको थियो। थप तीनजनाको शव दुर्घटनास्थलमा दिउँसो फेला परेको हो। दुर्घटनामा मृत्युु भएका १४ जनाकै पहिचान खुलेको छ।

    उद्धारका क्रममा ६ जना घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन लाई थप उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरिएको छ।

    दुर्घटनामा परेर मृत्यु हुनेहरूमा सर्लाही, कबिलासी गाउँपालिका –०८ बस्ने अन्दाजी ३० वर्षका हाइस चालक रविशंकर कुमार मण्डल, सर्लाही चक्रघट्टा गाउँपालिका –०४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, वर्ष २८ की पुनम यादव, वर्ष ७ की दिक्षा यादव (बालिका), वर्ष ५ की दिपिका यादव (बालिका), वर्ष १० की अनु कुमारी यादव, वर्ष ३५/३६ का गुड्डु यादव छन्।

    यसैगरी सोही स्थानका वर्ष ३०/३२ की गायत्री देवी, वर्ष २५/२६ का राम दुलार यादव, वर्ष २४/२५ का सुबोध यादव, वर्ष १५ का रोहन यादव,वर्ष ३५ का राकेश यादव, वर्ष २८ का छोटु राय भन्ने रामप्रसाद राय यादव र वर्ष १७/१८ का सुधेश यादव रहेको प्रहरीले जनाएको छ।

    यसैगरी घाइते हुनेहरूमा सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने अन्दाजी ३ वर्षका सुजन यादव, अन्दाजी वर्ष ३१ का बेचु भन्ने देवेन्द्र राय, अन्दाजी १४ महिनाका सुदिप यादव छन्। उनीहरूमध्ये सुजन र सुदिपलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ।

    यसैगरी बेचु भन्ने देवेन्द्र राय टाउको तथा शरीरका विभिन्न भागमा चोट छ। उनलाई थप उपचारका लागि मनकामना अस्पताल, भरतपुर रिफर गरिएको छ।

    दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना भने उपचारपछि हेटौँडा अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। तीनजनालाई थप उपचारका निम्ति चितवनको भरतपुर ‘रिफर’ गरिएको छ।

    उपचारपछि डिस्चार्ज हुनेमा चक्रघट्टा–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend