सोमवार, कार्तिक ३० गते २०८३    

सोमवार, कार्तिक ३० गते २०८३    

मुगु दुर्घटनाका घाइते अञ्जुको पनि निधन, मृत्यु हुनेको संख्या ४ पुग्यो

मुगु दुर्घटनाका घाइते अञ्जुको पनि निधन, मृत्यु हुनेको संख्या ४ पुग्यो

images
२०८३ कार्तिक ३० गते, सोमवार
२०८३ कार्तिक ३० गते, सोमवार
  • मुगु। मुगुको रारा ताल जाने क्रममा जिप दुर्घटनामा परी घाइते भएका दुई जना मध्येकी घाइते अञ्जु थापाको पनि निधन भएको छ। यसअघि तीन जनाको निधन भएको थियो।

    images

    मुगु दुर्घटनाका दुई घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि आज विहान काठमाडौँ ल्याइएको थियो। आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका थिए।

    images

    दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय गाडी चालक कञ्चन थापाको बीएण्डबी अस्पतालमा उपचार जारी छ। अञ्जु कञ्चनका श्रीमती हुन्।

    उनीहरू दुबै जनालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो। मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिएका थिए। थपलियाका अनुसार घाइते दुवै जनालाई सुर्खेतबाट थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल ल्याइएको हो। 

    यसअघि दुर्घटनामा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो। उनीहरू रारा ताल घुम्नका जाँदै थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend