कावासोती। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ०६:४० बजे अनियन्त्रित भई सडकमा पल्टिंदा २५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य छ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घाइतेहरूको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।



