बुटवल। मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको जिल्ला साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले कपिल ज्ञवालीको सभापतिमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद पाठक, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनलाल न्यौपाने चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अर्जुन बहादुर कुवर, दिनेशमणी सुवेदी ,विष्णु शर्मा भट्टराई , उमा देवकोटा, कल्पना रसाइली र सिता पोख्रेल चयन भएका छन्। मनोनीत सदस्यमा भने गंगा गौरीलाइ मनोनीत गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन, शान्ति, लोकतन्त्र, सामाजिक न्याय र नागरिक स्वतन्त्रताका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
समाजले मानव अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्दै समाजमा शान्ति, सद्भाव र समानताको वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास लिइएको छ।
निर्वाचन समिति संयोजकमा मानव अधिकार तथा शान्ति समाजका पुर्व सभापति कृष्ण भट्टराई (खिमप्रसाद) र सदस्यहरूमा सरोज गैातम, तेजेन्द्र केसी थिए। समितिको २ बर्षे कार्यकाल रहनेछ।



