आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

कागेश्वरी मनोहरा नगर अस्पतालको सार्वजनिक सुनुवाइ, १०० शय्याको आधुनिक अस्पताल निर्माण प्राथमिकतामा

कागेश्वरी मनोहरा नगर अस्पतालको सार्वजनिक सुनुवाइ, १०० शय्याको आधुनिक अस्पताल निर्माण प्राथमिकतामा

images
२०८३ कार्तिक १६ गते, सोमवार
२०८३ कार्तिक १६ गते, सोमवार
  • काठमाडौँ। कागेश्वरी मनोहरा नगर अस्पतालले १०० शय्याको आधुनिक अस्पताल निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ।

    images

    अस्पतालले सेवा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमा अस्पतालको वर्तमान सेवा प्रवाह, उपलब्धि, चुनौती र भावी योजनाबारे नागरिकलाई जानकारी गराइएको थियो।

    images

    कार्यक्रममा अस्पतालको सेवा थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा सेवाग्राही र सरोकारवालाका बीचमा छलफल भएको थियो।

    कार्यक्रममा नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कार्कीले नागरिकबाट प्राप्त गुनासा, जिज्ञासा र सुझावलाई सम्बोधन गर्दै अस्पतालको विकास, सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेलले हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा, सेवा विस्तारका लागि भइरहेका प्रयास, मोड्युलर अपरेसन थिएटर (OT) निर्माणका लागि अघि बढाइएका पहल तथा १०० शय्याको अस्पताल निर्माणका लागि तयार गरिएको गुरुयोजनाबारे जानकारी गराएका थिए।

    त्यसैगरी, अस्पतालका सूचना अधिकारीले एक्जिट क्लिनिक, वेबसाइट, फेसबुक तथा गुनासोपेटिकामार्फत प्राप्त सुझाव, जिज्ञासा र गुनासाहरूको विवरण प्रस्तुत गर्दै तिनको सम्बोधनका लागि गरिएका सुधारात्मक प्रयासबारे जानकारी गराए।

    अस्पतालले नागरिकका सुझाव र गुनासालाई सेवा सुधारको महत्वपूर्ण आधारका रूपमा लिँदै आगामी दिनमा थप पारदर्शी, उत्तरदायी र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

    १०० शय्याको आधुनिक अस्पताल निर्माण तथा स्वास्थ्य सेवा विस्तारको लक्ष्य पूरा गर्न स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको अस्पतालले जनाएको छ।

    सार्वजनिक सुनुवाइमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नौवटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, अस्पतालका कर्मचारी र स्थानीय नागरिकको सहभागिता रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend