आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

बागमती प्रदेशका मुख्यमन्त्री थापाद्वारा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय भ्रमण

बागमती प्रदेशका मुख्यमन्त्री थापाद्वारा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय भ्रमण

images
२०८३ कार्तिक १६ गते, सोमवार
२०८३ कार्तिक १६ गते, सोमवार
  • काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको भ्रमण गरेका छन्।

    images

    भ्रमणका क्रममा उनले नेपाल रेडक्रससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै मानवीय सेवामा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।

    images

    भ्रमणका अवसरमा मुख्यमन्त्री थापाले आफ्नो कर्मजीवनको प्रारम्भिक यात्रा नेपाल रेडक्रसबाटै सुरु भएको पनि स्मरण गरे।

    उनले आफू पनि नेपाल रेडक्रसको एशस्कर सदस्य रही मानवीय सेवामा संलग्न हुँदा नेत्तृत्व विकास, जन सम्पर्क, प्राथमिक उपचार, प्रकोप व्यवस्थापन सम्बन्धी सीप जीवनमा निकै उपयोगी रहेको बताए।

    आगामी दिनमा पनि व्यक्तिगत तथा बागमती प्रदेश सरकारका तर्फबाट नेपाल रेडक्रसलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री थापाले व्यक्त गरे।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले मुख्यमन्त्री थापालाई स्वागत गरेका थिए।

    सो अवसरमा विपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनर्स्थापना र मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रसले गरिरहेका कार्यबारे छलफल भएको थियो।

    मुख्यमन्त्रीको भ्रमणकै अवसरमा रसुवाको बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनर्स्थापनाका लागि कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

    सम्झौतापत्रमा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन पुनस्र्थापना, नगद सहायता र विपद् जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा सहकार्य गरिनेछ।

    यसअन्तर्गत प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता, जीविकोपार्जन पुनर्स्थापनाका लागि सहयोग, अस्थायी आवास तथा घरभाडा सहायता र मृत्यु वा बेपत्ता भएका व्यक्तिका परिवारका लागि निर्धारित मापदण्डअनुसार सहयोग उपलब्ध गराउने योजना समेटिएको छ।

    कार्यक्रमलाई समापन गर्दै नेपाल रेडक्रसका अध्यक्ष डा. भण्डारीले नेपाल रेडक्रसले विपद् प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखी पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गर्दै कार्यक्रम कार्यान्वयन गर्ने बताए।

    उनले नेपाल रेडक्रस, स्थानीय सरकार र प्रदेश सरकार बिचको समन्वय तथा सहकार्यले बाढी प्रभावित समुदायको पुनर्लाभ र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

    मुख्य मन्त्रीको भ्रमण पश्चात् नेपाल रेडक्रस, प्रदेश सरकार र स्थानीय तह बिचको समन्वय तथा सहकार्यले विपद् प्रभावित समुदायको आवश्यकता सम्बोधन, पुनर्लाभ र दीर्घकालीन पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend