आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

images
२०८३ कार्तिक १८ गते, बुधवार
२०८३ कार्तिक १८ गते, बुधवार
  • धनगढी। बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

    images

    प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ स्थित काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटना स्थलमा नि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पवित्रा धामी र ४० वर्षीय गोपाल धामी छन्।

    दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी तथा दुर्गाथली गाउँपालिका–६ का ४२ वर्षीय रामकुमार धामी र सोही ठाउँकी ४२ वर्षीया शारदा धामी जाग्री र केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी घाइते भएका छन्।

    प्रहरीका अनुसार चालक बुङ्गल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो।

    घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

    दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend