आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

जाडोसँगै वायु प्रदूषणको जोखिम बढ्नसक्ने, प्लास्टिकजन्य फोहरमैला नबाल्न महानगरको आग्रह

जाडोसँगै वायु प्रदूषणको जोखिम बढ्नसक्ने, प्लास्टिकजन्य फोहरमैला नबाल्न महानगरको आग्रह

images
२०८३ कार्तिक १९ गते, बिहिवार
२०८३ कार्तिक १९ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्न आग्रह गरेको छम

    images

    वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरिएको हो।

    images

    खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरेकी हुन्।

    विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend