आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ जनाको मृत्यु, २१० जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ जनाको मृत्यु, २१० जना घाइते

images
२०८३ कार्तिक २२ गते, आइतवार
२०८३ कार्तिक २२ गते, आइतवार
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने २१० जना घाइते भएका छन्।

    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको कार्तिक २१ गतेको विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा भएको छ। उक्त प्रदेशमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।

    images

    त्यस्तै, कर्णाली प्रदेशमा १ जनाको मृत्यु हुँदा १४ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु र ३९ जना घाइते भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ 

    यसैगरी, बागमती प्रदेशमा १ जनाको मृत्यु र १० जना घाइते भएका छन् भने काठमाडौं उपत्यकामा १ जनाको मृत्यु र १९ जना घाइते भएका छन्। मधेश प्रदेशमा १ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।

    गण्डकी प्रदेशमा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा १६ जना घाइते भएका छन्। यी दुवै क्षेत्रमा मानवीय क्षति अर्थात् मृत्यु भएको छैन।

    प्राप्त विवरणअनुसार २४ घण्टाको अवधिमा यी दुर्घटना भएका हुन्। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend