आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

अस्ट्रेलियाली संसद् भवनमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ को विशेष प्रदर्शन

अस्ट्रेलियाली संसद् भवनमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ को विशेष प्रदर्शन

images
२०८३ कार्तिक १० गते, मंगलवार
२०८३ कार्तिक १० गते, मंगलवार
  • क्यानबेरा। अस्ट्रेलियाको सङ्घीय संसद् भवनस्थित थिएटरमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ को विशेष प्रदर्शन गरिएको छ।

    images

    नेपाली चलचित्रका लागि ऐतिहासिक मानिएको यस कार्यक्रमले नेपाली कला, संस्कृति र चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने तथा नेपाल–अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गरेको छ।

    images

    नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा एनसीएक्स स्टुडियो इन्टरनेसनलको निमन्त्रणामा प्रदर्शनमा सहभागी भएकी थिइन्। अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा सम्पन्न कार्यक्रममा फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अफ अस्ट्रेलिया (फेन्का), स्पिडविङ्स ग्रुप अस्ट्रेलिया र एनसीएक्स स्टुडियो इन्टरनेसनलले सहकार्य गरेका थिए।

    कार्यक्रममा अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष तथा सङ्घीय सांसद जि सुनले चलचित्रको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गर्न शुभकामना दिए।

    उनले चलचित्रले ओस्कारजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारसम्म पुग्न सकोस् भन्ने कामनासमेत व्यक्त गरे। साथै, अस्ट्रेलिया र नेपालमा रहेका नेपाली समुदायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

    पत्रकार महासंघका अध्यक्ष शर्माले विपद्का समयमा नेपाललाई सहयोग गरेकोमा अस्ट्रेलिया सरकारप्रति आभार व्यक्त गरे।

    नेपाली चलचित्रलाई अस्ट्रेलियाको संसद् भवनमा प्रदर्शन गर्ने अवसर जुटाएकोमा उनले संसदीय मैत्री समूहलाई धन्यवाद दिँदै यस किसिमका कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

    त्यसैगरी, फेन्काका तर्फबाट डा. कृष्ण हमालले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सांसद, आयोजक, सहयोगी संस्था तथा सहभागी सबैप्रति आभार व्यक्त गरे।

    नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनका साथै अस्ट्रेलियामा रहेका नेपाली समुदाय र अस्ट्रेलियाली राजनीतिक तथा सांस्कृतिक क्षेत्रबीचको सम्बन्ध विस्तारमा पनि यस प्रदर्शनलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    यसैबीच, स्पिडविङ्स ग्रुप अस्ट्रेलियाले आगामी नोभेम्बर र डिसेम्बरमा अस्ट्रेलियाका विभिन्न सहरमा ‘एलिफेन्ट इन द फग’ को च्यारिटी प्रदर्शन आयोजना गर्ने जनाएको छ।

    चलचित्रलाई थप दर्शकमाझ पुर्‍याउनुका साथै मानवीय सहयोगका अभियानलाई समेत जोड्ने उद्देश्य रहेको संस्थाकी कार्यकारी निर्देशक शान्ति ढकालले बताएकी छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend